काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आव ३ महिनामा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको आव २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार सो नाफा आर्जन गरेको हो ।
कम्पनीले अघिल्लो आव २०८०/०८१ मा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो ३ महिनामा २८ लाख २८ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको विवरणले देखाएको छ ।
कम्पनीले चालु ३ महिनामा २ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आव सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १९ करोड ४९ लाख रुपैयाँले बढी हो ।
त्यसैगरी, ३ महिनामा कम्पनीको खुद बीमा शुल्क २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
सोहि अवधिमा कम्पनीको २२ करोड ६८ लाख रुपैयाँ कमिशन भएको छ भने कम्पनीको नविकरण बीमा भने १ अर्ब अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीको इपीएस ९.२० प्रतिशतमा पुगेको छ । त्यसैगरी, कम्पनीको नेटवर्थ १४३.५९ रुपैयाँ र प्रतिसेयर आम्दानी ५४.७५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्