काठमाडौं । डेडिकेटेट तथा ट्रंक लाइनको विद्युत महशुल सम्बन्धमा सरकारसँग ‘टसल’ गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन बोलाएका छन् ।
घिसिङले बुधबार दिउँसो २ बजे प्राधिकरण केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डेडिकेटेट तथा ट्रंक लाइन विद्युत महसुल सम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै विद्युत काटिएका उद्योगहरुमा लाइन जोड्न र टिओडी मिटरका आधारमा विद्युत महसुल उठाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले उद्योगहरुमा लाइन जोड्न र टिओडी मिटरका आधारमा १५ दिन भित्र महशुल उठाउने निर्णय गरेको थियो ।
तर कार्यकारी निर्देशक घिसिङ भने सरकार र बोर्ड बैठकको निर्णय विरुद्ध उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस्