काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी वासना केसीको नाममा रहेको ८ हजार ५ सय ४९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी संस्थाको कम्पनी सचिवको कार्यालयमा के कति कित्ता सेयर खरिदद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
तोकिएको उक्त म्यादभित्र कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अघि बढाउँने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्