काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार बिन्ध्यवासिनी हाइड्रोपावर र मंदाकिनी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।
बिन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर बापत नेप्सेमा सेयर मूल्य समायोजन भएकाे छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ६ सय ३८ रुपैयाँ १९ पैसा कायम रहेकाे छ भने कम्पनीको सेयर मूल्य समायोजन अघिको मूल्य ६ सय ८६ रुपैयाँ रहेकाे थियो ।
मंदाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बापत नेप्सेले सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ८ सय ४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने कम्पनीको सेयर मूल्य समायोजन अघिको मूल्य ८ सय ४४ रुपैयाँ ९० पैसा रहेकाे थियो ।
अब उक्त सेयर दोस्रो बजारमा बुधबार कात्तिक २८ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्