Shikhar Insurance
National Life

अज्ञात रोगले मर्न थाले हुम्लाका पशु चौपाया, किसान चिन्तित

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १५:५२
Hyundai
NCELL
NIMB

हुम्ला । अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन् । केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन् ।

डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरुलगायतका पशुले घाँस खान छोड्ने, मुखबाट (याल निकाल्ने र पिसाबबाट रगत बगेर मर्ने गरेका छन् । जुमा, झोपा, खसीमा पनि यो रोग देखा परेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पशुले (याल काढ्ने, घाँस खान मन नपराउने, हिँड्न नसक्ने लक्षण देखिएको स्थानीयवासीको भनाइ छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी प्राप्त भएपछि औषधिसहित पशु प्राविधिक गाउँमा पठाइसकिएको र प्राविधिकले पशु चौपायको रोगबारे बुझिसकेपछि मात्र भन्न सकिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्