काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दू राज्यको अभियान चलाउनेलाई नियन्त्रलमा लिने बताएका छन् ।
प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले नेपाललाई हिन्दू राज्य बनाउँछु भन्नेलाई नियन्त्रलमा लिने बताएका हुन् ।
‘नेपालमा एकातिर हिन्दूू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमश: नियन्त्रण गर्छौं ।’
हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।
त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्