काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबारको कारोबार भएको छ ।
सेयर बजार दोहोरो अंकले घटेपनि गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड २८ लाख ६१ हजार २ सय ६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्