Shikhar Insurance
National Life

हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (फोटोफिचर)

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा भक्तजनको भीड लागेको छ । मंगलवार बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरुको भीड देख्न सकिन्छ ।

भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्