Shikhar Insurance
National Life

राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ: अध्यक्ष थापा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १३:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् । आइतबार वीरगञ्जमा पार्टीको तराई—मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको एजेण्डालाई आफूहरुले सँगै अघि बढाइरहेको बताउँदै अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताए । उनले तराई/मधेस उत्थानको महत्त्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको बताए । उनले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताउए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली स्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्ने उल्लेख गर्दै भने, ‘देश अहिले संकट नै संकटको चक्रव्युहमा फसेको छ । त्यसको प्रभाव स्वभाविक रुपले तराई/मधेसमा पनि परेको छ । तराई/मधेसको उत्थानको कुरा गर्दा राष्ट्रियस्तरमा रहेको संकटलाई ध्यान दिनुपर्छ । तराई/मधेस उत्थानको एउटा महत्त्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पनि एउटा महत्त्वपूर्ण र अभिन्न अंग हुनुपर्छ ।’

‘विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ । सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्छ । राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ’ उनले जनाए ।

अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रीपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानविन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशेधन हुनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्