Shikhar Insurance
National Life

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । आज हरिबोधनी एकादशी भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरेर मनाइन्छ ।

आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्