Shikhar Insurance
National Life

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे २ अर्ब डलर आम्दानी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

एजेन्सी । श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट २ अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।

श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको छ । श्रीलङ्कामा सन् २०२४ को पहिलो दश महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रीलङ्काका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व उत्पादन गर्ने माध्यम हो । पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्