Shikhar Insurance
National Life

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा : अध्यक्ष भण्डारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन् । अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताएका हुन् ।

उनले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गरे । अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गरेका छन् । उनले अहिले अन्य समयमा ३०/३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिच्चली रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अफ्ठरो अवस्थामा रहेको बताए । उनले श्रम,पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि बताए । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र विदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको जानकारी दिए ।

उनले अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको बताए । उनले हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उल्लेख गरे । उनले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २/३ सय प्रतिशतसम्म बढाएको आरोप लगाए ।

अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५/२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २/३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताए । उनले ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको बताए । उनले एजेन्सीलाई टिकट बेच्न नदिने सहमति गरेको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिसहरु विदेश जाने खतरा बढेको बताए ।

उनले हवाइ भाडाको कारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको जानकारी दिए । उनले अच्चाकाली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने बताए । उनले विमानस्थल बिस्तार गर्ने समय अनकुल नभएको जानकार ीदिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्