Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८ सय ४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी के कति कित्ता लिने हो सो ब्यहोरा खुलाई बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान ( १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आइपुग्नेगरी आवेदन गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री प्रक्रिया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्