काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ मा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँ बराबारको कारोबार भएको छ ।
सोमबार ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्