काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ मा पुगेर बजार बन्द भएको हो ।
साेमबार ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँ बराबारको कारोबार भएको छ ।
सोमबार साहस उर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २ सय ४४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको छ ।
सोमबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, सोमबार ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्