Shikhar Insurance
National Life

काठमाडौंमा ‘डिजिटल बैंकिङ्क कन्फ्रेस’ हुँदै, विदेशी विज्ञसहित अवसर र चुनौतीबारे वृहद छलफल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं फिन्टेक र फिन्टेक अलायेन्स नेपालको सह आयोजना मा ‘डिजिटल बैंकिङ्क कन्फ्रेस २०२४’ नोवेम्बर को २१ (मंसिर ६ ) मा काठमाडौंमा हुने भएको छ । सो कार्यक्रममा डिजिटल बैंकिङ्क क्षेत्रका बिज्ञहरुले सम्बोधन गर्नेछन् ।

डिजिटल बैंक रूपान्तरणको रणनिती कस्तो हुनु पर्छ, कार्यदिशा अनि कार्यन्वयनमा के कस्ता चुनौतीहरुलाई ध्यान दिनु पर्छ, सम्भावित अवसरहरु के के छन, ब्लकरहरुलाई कसरी पार गर्ने अनि डिपेन्डेन्सीहरुलाई कसरी मिलाउदै जाने भन्ने विषयहरुमा बृहत् छलफल हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो कन्फ्रेन्सलाई सम्बोधन गर्न कोटक महिन्द्र बैंकका उच्च तहका पुर्व ब्यबस्थापक र सुर्योदय स्मल फाइनान्स बैकका सन्चालक दिपक शर्मा, डिजिटल फिफ्थ का संस्थापक समीर सिंह जैनी, डेसिमल टेक का सस्थापक ललित मेहता र साथै नेपाली वित्तिय क्षेत्रका उच्च पदस्थ ब्यबस्थापकहरुले सम्बोधन गर्नेछन् ।

फिन्टेक अलायेन्स नेपालका अध्यक्ष साजन शर्माले डिजिटल बैंकिङ्क कन्फ्रेन्सले नेपाली बैन्किङ क्षेत्र लाई नयाँ युग मा प्रबेश गराउन सहयोग गर्ने उनको भनाइ छ ।

काठमाडौं फिन्टेक का संस्थापक र कन्फ्रेन्स आयोजक सन्जिब सुब्बाले यो क्रार्यक्रमले नेपालि बैंकहरुलाई डिजिटल रुपान्तरणका विभिन्न आयामहरु केलाउन, सन्चालन जोखिम घटाउन, ग्राहकलाई उच्च गुणस्तरिय सेवा छिटो छरितो र सहज ढंग बाट प्रदान गर्न र दिगो रुपमा सफल हुन सघाउने विस्वास व्यक्त गरेका छन् ।

फिन्टेक अलायेन्स नेपाल देशका विभिन्न फिन्टेक संस्थाहरुको साझा सन्जाल हो । काठमाडौं फिन्टेक वित्तिय क्षेत्र मा प्रबिधी, व्यवस्थापन र साथै फिन्टेक प्रणालीको रुपान्तरण, तालिम, शोध आदिको लागि स्थापना भएको संस्था हो । यो संस्थाको संस्थापक वित्तिय क्षेत्रका परिचित सन्जिब सुब्बा रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्