Shikhar Insurance
National Life

राष्ट्र बैंक, बीमा प्राधिकरण र नेप्सेको नेतृत्व खाली हुँदै, धितोपत्र बोर्डमा पाँच अर्ब, यता कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । उच्च बजार भाउ भएको मानिँदै आएका तीन वटा निकाय खाली हुँदै छन् । नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेञ्जका प्रमुखहरुका कार्यकाल केहि महिनाभित्रै सकिँदैछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत १२ गते सकिँदैछ भने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको कार्यकाल पनि माघ १९ गते सकिन्छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ कृष्ण बहादुर कार्कीको कार्यकाल पनि माघ २५ गतेबाट सकिँदैछ । यी सबै निकायहरुलाई सरकारले मालद्धार अड्डाका रुपमा लिने गरेको छ । यस अघि नै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त थियो र त्यसको नियुक्ती प्रक्रिया पाँच अर्ब कमिसनसँग जोडिएर सर्वाधिक विवादमा पर्दै आईरहेको छ । बोर्ड अध्यक्ष नियुक्तीमा कुरा नमिल्दा नै आफ्नो सरकार ढालिएको तत्कालिन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले पटक पटक सार्वजनिक मञ्चहरुबाटै आरोप लगाउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको महत्त्व सरकारले ल्याउने बजेटको भन्दा पनि धेरै हुने गरेको छ । मुलत: मौद्रिक नीतिकै आधारमा अर्थतन्त्र चलायमान हुने ट्रेण्ड बसेपछि नेपाल राष्ट्र बैंक र त्यसको नेतृत्वलाई समानान्तर सरकारका रुपमा स्वीकार गर्न थालिएको हो । सरकार र गभर्नरको सम्बन्धले पनि सरकारको सफलता–असफलतामा भूमिका खेल्ने भएकाले पनि राष्ट्र बैंकको मुल नेतृत्वको ठूलै महत्त्व देखिन्छ । डिजिटल बैंकको लाइसेन्स, एसेट मेनेजमेन्ट कम्पनीको स्थापना लगायतका कामहरु राष्ट्र बैंकको आगामी नेतृत्वले गर्नुपर्नेछ ।

उता, पछिल्लो समय लाइसेन्स राजमा रमाईरहेको नेपाल बीमा प्राधिकरण पनि आफैंमा मालद्धार अड्डाका रुपमा बिख्यात छ । सिंगो बीमा क्षेत्रको नियमन गर्ने निकाय भएको र बिभिन्न प्रकृतिका नयाँ नयाँ लाइसेन्स समेत वितरण हुने भएकाले बीमा प्राधिकरणको अध्यक्ष बन्न चाहनेहरुले मोटै रकम खर्च गर्न तयार हुन्छन् । नयाँ अध्यक्षले ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स बाढ्न सक्ने जग तयार भएर बसेको छ । त्यस बाहेक ठूला बीमा कम्पनीकै लाइसेन्सका लागि पनि बजार तयारी सुरु भैसकेको छ । बिभिन्न घरानाहरुले आफु अनुकुल पात्रलाई अध्यक्ष नियुक्त गराएर बीमा कम्पनीको लाइसेन्स लिने भन्दै त्यस्तो लाइसेन्सको फाइल खडा गर्न थालिसकेका छन् ।

देशको कुल गार्हस्थ उत्पादनकै हाराहारीमा बजार पुँजीकरण भैसकेको छ, आफु अनुकुल व्यक्तिलाई नेप्सेको सीईओ बनाएर सिंगो बजारमै चलखेल गर्न सकिने भन्दै व्यवसायीहरुको यहाँ पनि ठूलो भिडन्त हुने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि त यस अघि नै पाँच अर्ब कमिसनको बिषय स्वयं प्रधानमन्त्री केपी ओलीले नै अभिव्यक्ति दिईसकेका छन् ।

एकै पटक भिड्दै ठूला घराना

नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डमा एकै पटक ठूला घरानाहरुको भिडन्त हुँदैछ । व्यवसायीक घरानाहरु ठूला ठूला समुह बनाएर आफु अनुकुलका पात्रहरुलाई यी निकायहरुको नेतृत्वमा पुर्याउन लागिपरेका छन् । यी नियुक्तीहरुमा राजनीतिक भन्दा पनि व्यवसायीक स्वार्थ बढी हावी भएको स्पष्टै देख्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्