काठमाडौं । सानिमा बैंक र दराजबीच ‘दराज ११:११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । बैंकका ग्राहकहरुले दराजबाट सामान खरिदमा डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना २०८१ कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्