काठमाडौं । नेपाल स्टम एक्स्चेत्तज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको समायोजन अघिको मूल्य ६ सय १२ रुपैयाँको ४.७५ प्रतिशतको आधारमा सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ८४ रुपैयाँ २५ पैसा रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजार सोमबार (कात्तिक २६ गते) देखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्