काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.५४ अंकले घटेर २७३८.०६ मा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबारको कारोबार भएको छ ।
आइतबार सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१ रुपैयाँ संकलन भएको छ । कम्पजनीको सेयर प्रतिकित्ता ७ सय ६९ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्