काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ मा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबारको कारोबार भएको छ ।
आइतबार सानीमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१ रुपैयाँ संकलन भएको छ । कम्पजनीको सेयर प्रतिकित्ता ७ सय ६९ रुपैयाँ पुगेको छ ।
आइतबार २२८ कम्पनीकाे सेयर मूल्य बढ्दा १३ कम्पनीको सेयर मूल्य घटेको घ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आइतबार ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सानीमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्