Shikhar Insurance
National Life

मुद्दती निक्षेपमा १ अर्ब ७० करोड लगानी गर्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २५, आईतवार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा जम्मा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने जनाएको हो ।

बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २५ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१ मंसिर २ गतेदेखि २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा  जम्मा गर्न आह्वान गरेको छ । उक्त मुद्दति लिन चाहेको बैंक तथा वित्तीय संस्थाले कात्तिक २७ गते बेलुका ७ बजेभित्र बोलकबोल गर्नुपर्ने छ। उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको र कर्जा स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्