काठमाडौं । शाइन रेसुंगा डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफा सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९ सय ५० रुपैयाँको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १४ करोड २० लाख १० हजार ७२९ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
बैंकको वितरणयोग्य सञ्चित मुनाफा ४१ करोड ७३ लाख ५१ हजार ४ सय ३७ रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्