Shikhar Insurance
National Life

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : प्रस्तावित न्यायाधीश पाण्डे

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताए । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताए । प्रस्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको प्रत्याभुति सुनिश्चित गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कार्यमा समर्पित रहने नै मेरो संकल्प हो । म सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएमा सो पदको कार्य सम्पादन जिम्मेवारी सम्बन्धमा मेरो कार्ययोजना र प्रतिवद्धता बुँदागत रुपमा पेश गरेको छु । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व हो ।’

‘इमान्दार, निष्ठा र लगनशीलता साथ गरिने कार्यबाट यो कार्यभार र दायित्व निर्वाह गर्न सकिन्छ भन्नेकुरामा म विश्वस्त छु । यही विश्वास र संकल्पका साथ स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने मेरो भरपुर प्रयत्न रहनेछ । स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्यमान्यतालाई आत्मासात गर्दै संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सदविवेकको समेत प्रयोगद्वारा न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गर्ने कार्य गर्नेछु’ उनले बताए ।

प्रश्तवित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्