Shikhar Insurance
National Life

बाढीपहिरोबाट क्षति पुगेका ६३७ वटा दाबीमा ४७ करोड भुक्तानी, शिखरले मात्रै तिर्‍यो २५ करोड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज १० र ११ गतेको वर्षाले भएको क्षतिको बिमा कम्पनीहरुले धमाधम दाबी भुक्तानी गरिरहेका छन् । हालसम्म बीमा कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दावी भुक्तानी गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ वटा कम्पनीमा ३ हजार ४६० वटा दाबी परेको थियो । तीमध्ये कम्पनीहरुले ६ सय ३७ वटाको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

दावी भुक्तानी तिर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । बाढी पहिरो पीडितहरुलाई शिखरले मात्र २५ करोड १९ लाख ८८ हजार ५५८ रुपैयाँ दावी भुक्तानी गरिसकेको छ । ४ सय ५० दावी परेकोमा कम्पनीले ३ सय ४८ वटाको भुक्तानी गरिसकेको हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । कम्पनीमा ५१० वटा दाबी परेको छ, जसमा कम्पनीले २ अर्ब ५६ करोड १५ लाख ७९ हजार २५८ रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । हालसम्म कम्पनीले ८० वटा दाबीको ७ करोड ७६ लाख ५६ हजार ६५१ रुपैयाँ भुक्तानी गरेको छ ।

यसैगरी, ओरिएन्टल इन्स्योरेन्सले १७५ वटा दाबीको १ अर्ब ५० करोड ७८ लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाएको छ । कम्पनीले हालसम्म १२ वटा दाबीको ७ लाख २६ हजार ७५ रुपैयाँ भुक्तानी गरेको छ।

नेको इन्स्योरेन्सले २९१ वटा दाबीको १ अर्ब २ करोड ४६ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्टले २४२ वटा दाबीको ९४ करोड ९० लाख १५ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ३६० वटा दाबीको ६७ करोड १० लाख १७ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ८५ वटा दाबीको ५६ करोड ४८ लाख ९७ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २९९ वटा दाबीको ५५ करोड ६१ लाख ७३ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १७२ वटा दाबीको ४७ करोड २ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेको इन्स्योरेन्सले २८ वटा दाबीको २ करोड ३४ लाख ९३ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ३५ वटा दाबीको ३ करोड ५५ लाख ८३ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ४३ वटा दाबीको ४ करोड ३८ लाख २१ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियलले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ ३६ वटा दाबीको १ करोड २५ लाख ४७ हजार भुक्तानी गरेका छन्।

त्यस्तै नेपाल इन्स्योरेन्सले १७२ वटा दाबीको ३५ करोड ६५ लाख ७७ हजार रुपैयाँ, सानिमा जीआईसीले २१७ वटा दाबीको २८ करोड ३६ लाख ९३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ वटा दाबीको २० करोड ६७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२८ वटा दाबीको २० करोड ५७ लाख रुपैयाँ र युनाइटेड अजोडले ३१७ वटा दाबीको १२ करोड ९२ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेपाल इन्स्योरेन्सले ८ वटा दाबीको ९८ लाख ७७ हजार रुपैयाँ, सानिमा जीआईसीले ११ वटा दाबीको ७८ लाख २५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७ वटा दाबीको ५१ लाख १२ हजार रुपैयाँ र युनाइटेड अजोडले १६ वटा दाबीको ५४ हजार ३८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा पनि दाबीको भुक्तानी गरेको छैन ।

त्यस्तै, निर्जीवन लघु बीमकमध्ये स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ७ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, हालसम्म नेपाल माइक्रोले २ वटा दाबीको २५ हजार ६८९ रुपैयाँ भुक्तानी गरेको छ भने बाँकी तीन लघु बीमकले एउटा पनि दाबीको भुक्तानी गरेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्