काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो नाम परिवर्तन गरेको छ।
कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो । त्यसपछि कम्पनीको नाम सीईडीबी होल्डिङ्स लिमिटेड राखिएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कात्तिक २० गते कम्पनीको नाम परिवर्तन गर्ने कार्यलाई स्वीकृति प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्