Shikhar Insurance
National Life

नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा, सहुलियत दरमा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २२, बिहीबार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई मध्यनजर गर्दै मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी मल्टिपल टिभी गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

४ देखि १० वटा मल्टिपल टिभी गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय ३८ रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्