Shikhar Insurance
National Life

‘नेपालका पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुको आवश्यकता पुरा गर्न सकेनन्’- सिइओ बैदवारको विचार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार २०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । संकट आइरहेको बेला संकट विमोचन गर्नका लागि सिर्जना भएको कम्पनी अर्थात आकस्मिक बीमा कोष आज पुनर्बीमा कम्पनीमा परिणत भएर ११ औँ वर्षसम्मको गौरवशाली यात्रा पुरा गरेको छ । नेपालमा बीमा अवस्था के छ ? भन्दा शिशु अवस्थामा छ भन्छौँ । जब की नेपालमा बीमा कम्पनीहरुको अवधारणाहरु सुरु भएको ७५/७६ वर्ष भइसक्यो ।

अझै पनि शिशु अवस्थामा छ भने पुनर्बीमाको ११ वर्षमा कम्पनी कुन अवस्थामा छ ? भनेर आंकलनगर्न कठिन छ । तर ११ वर्ष पूरा भइसकेकाले शिशु अवस्था भन्न भने मिल्दैन । अब निकट भविष्यको १/२ वर्षमा टिनेजरमै पुग्ने हुनाले अब यो कम्पनी समय सापेक्ष अनुसार अगाडि बढाउँन व्यवस्थापन समिति सञ्चालक समितिमा केन्द्रित हुने अपेक्षा छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विशेषगरी पुनर्बीमाको आवश्यकता भनेको नीर्जिवन र जीवन कम्पनीहरुको कर्पोरेट बीमा गर्न आवश्यक भएको थियो । त्यति बेला बीमा कम्पनीको व्यवसायीक साघुरो अवस्थामा थियो । अहिले धेरै फराकिलो भएको अवस्थामा निर्जीवन कम्पनीहरुको पुनर्बीमाको आवश्यकता पुनर्बीमा कम्पनीहरुले परिपूर्ति गरिरहेका छन् कि छैनन् ? भन्ने कुरा बढी सान्दर्भिक हुन्छ ।

नेपालमा भइरहेको प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा पूनर्बीमाहरुले आवश्यकता परिपूर्ति गर्यो कि गरेन ? भन्ने कुरा सोच्नु पर्ने बेला आएको छ । बीमाको पनि बीमा गर्ने भएकाले बीमा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्न गम्भिर भइ अगाडि बढ्न आवश्यक छ ।

निर्जीवन कम्पनीहरु बाहिरी पुनर्बीमा कम्पनीहरुसँग जानु अगाडि स्वदेशी पुनर्बीमा कम्पनीले हाम्रो आवश्यकता पूर्ति गरिदिएको अवस्थामा अथवा नेपालमा पुनर्बीमाको जति पनि व्यवसाय छ । सिंगल डोरबाट परिचालन गर्न नेपाल रिले त्यस्को नेतृत्व गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्छ भन्ने आशा लागेको छ । ११ वर्षमा पुनर्बीमा कम्पनीले जति पनि व्यवसाय आर्जन गर्नु भएको छ, त्यो उहाँहरु कै बुद्धि विवेक र क्षमताले हो कि नेपाल सरकारले नै संरक्षणमा उहाँहरु रमाइरहनु भएको छ ।

यो विषयमा व्यवसायीक भएर अन्तराष्ट्रिय जगतमा आफ्नो उपस्थिति बनाउन मिहिनेत गर्नु पर्ने अवस्था छ । प्रत्येक वर्ष नेपालमा प्राकृतिक प्रकोपहरु दोहोरिएर आइरहेको अवस्थामा पुनर्बीमा कम्पनीहरुले रिक्स ब्यायरिङ गरेर नेपालमा बीमा कम्पनीहरुलाई सुरक्षित गराउन ध्यान जानेछ भन्ने अपेक्षा छ । नत्र नेपालका बीमा कम्पनीहरुले पुनर्बीमा गर्न असहज हुने अवस्था अइरहेको छ ।

बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिकामा रिपुजल राइट भनेर भन्ने गरिन्छ, वास्तवमा त्यो हैन । उहाँहरुको मनसाय नेपालका पुनर्बीमा कम्पनीहरु जोखिममा हुदाँ उनीहरुको आफ्नो क्यापासिटी एडजस्ट गरेको अवस्थामा बाहिरको पुनर्बीमा हुन सम्पर्क गर्न सकिन्छ भन्ने हो । तर यहाँ अर्कै व्याख्या गरेर विभिन्न कुराहरु लगाएर हरेक रिक्स सेलेक्ट गरेर रिफ्युज अर्थात डिनाइट गर्न सकिन्छ भन्ने अर्थमा बुझिएको छ । त्यो होइन । नियामन निकायको त्यो इन्टेन्सन होइन ।

पुनर्बीमाको अवस्थामा रिक्स सेलेक्सन गरेर राम्रो जोखिम मात्रै यहाँ राख्ने नराम्रो जोखिम पठाउँने अवस्था नभएको र बाहिरको पुनर्बीमाहरु पनि असाध्यै सलेक्टिभ भएको हुनाले ती सम्पूर्ण जोखिमहरु यही समाधान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा कन्सोरेटेड रुपमा रिक्सहरु बाहिर जाने एक्सपेक्ट गर्न सकिन्छ ।

त्यो नेपाल पुनर्बीमाले लिनुपर्छ किनकि यो कम्पनी अन्य नीजि कम्पनीहरु जस्तो नाफामुखी नभएर राज्यको सहभागीता भएको हुनाले यहाँका बीमितहरुको संरक्षण गर्ने दायित्व नेपाल पुनर्बीमालाई दिनुपर्छ ।

(नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ११ ‌औं वार्षिकोत्सव समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सिइओ बिरेन्द्र बैदवारले राखेको विचार)

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्