Shikhar Insurance
National Life

अमेरीकी राष्ट्रपति चुनाव: कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प विजयी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । प्रतिस्पर्धी कमला ह्यारिसलाई ७८ इलेक्ट्रोरल भोटले पछि पार्दै ट्रम्प जित नजिक पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल भोट आवश्यक पर्छ । हालसम्म ट्रम्पले २ सय ६६ इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन् । अब जितका लागी ट्रम्पलाई मात्रै ४ इलेक्ट्रोरल भोटको आवश्यक छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जित नजिक पुगेसँगै ट्रम्पले आफ्ना समर्थकहरुलाई पार्टी गर्न र खुशियाली साटासाट गर्न आग्रह गरेका छन् । उनको अपार्टमेन्ट रहेको फ्लोरिडा राज्यमा हजारौं समर्थकहरुले उनलाई पर्खिरहेका छन् ।

चुनावको अन्तिम नतिजा आउन भने अझै केहि समय लाग्नेछ । विश्व समुदायका ध्यान खिच्ने यो चुनावले विश्व राजनितिमा नयाँ तरगं ल्याउनेछ । डेमोक्रयाट पार्टीबाट जो बाइडेन सुरुआती राष्ट्रपतिका उम्मेदवार बनेपनि अन्तिम समयमा आएर उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेको थियो ।

ह्यारिसको आगमनसँगै डेमोक्रयाटको सम्भावना बलियो बनेपनि जितका लागि प्रर्याप्त नदेखिने भएको छ । यसअघि डेमोक्रयाट पार्टीकै महिला उम्मेदवार हिलरी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपति बनेका थिए । दोस्रो कार्यकालका लागि भने ट्रम्पले हालका राष्ट्रपति जो वाइडेनसँग चुनाव हारेका थिए ।

यो पटकको चुनावमा डेमोक्रयाटले राष्ट्रपति, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ तीन वटै गुमाएको छ । चुनावी दौडमा क्रममा ट्रम्पलाई पटक-पटक हत्या गर्ने प्रयास समेत भएको थियो । २ सय मिटर नजिकबाट स्नाइपर बन्दुकबाट हानिएको गोली ट्रम्पको कानमा लागेर गएको थियो । यो घटनापछि नै ट्रम्पले चुनाव जित्ने लगभग पक्का भएको थियो ।

राष्ट्रपतिमा जो बाइडेन आएसँगै उनले यूरोप र एशियमा युद्ध सुरु गरेका थिए । युक्रेन रसिया युद्ध र इजरायल-प्यालेस्टाइन-लेवलान बाइडेनले सुरु गरेका थिए । सो युद्धमा प्रभावकारी जित निकाल्न नसकेपछि बाइडेनमाथी दबाब थपिएको थियो । ट्रम्प राष्ट्रपतिमा विजयी भएसँगै अब युद्ध कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्