Shikhar Insurance
National Life

टीभीएसको बाईक खरिद गर्दा साहले जिते नगद १० लाख

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । दशैँ, तिहार र छठका अवसरमा टीभीएसले ल्याएको ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले १० लाख ५ हजार रुपैयाँ जितेका हुन् ।

कम्पनीका अनुसार साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार जित्न सफल भएका छन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५,००० जितेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५,००० जित्न सफल भएको कम्पनीले जनाएको छ । साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हालसम्म २ जनाले नगद १ लाख, ४ जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद ५ हजार जित्न सफल भइसकेको कम्पनीले जनाएको छ ।

नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो ।

टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्