काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २९ गते बिहिवार काठमाडौं महानगरपालिका-२८, कमलादी, अमिर भवनमा सभा बस्ने निर्णय गरेको हो ।
सभामा आव २०८०/८१ वार्षिक प्रतिवेदन माथि छलफल गर्नेछ । साथै, सभामा आव २०८०/८१ को आर्थिक प्रतिवेदन माथि छलफल गरी आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षण गर्ने, लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सभामा सञ्चालक समिति अनुमोदन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्