Shikhar Insurance
National Life

काठमाडौं उपत्यकामा छठको रौनक सुरु, सिंगारिँदै गौरीघाट, कमलपोखरी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो ।

छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरु सिंगारिएका छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरुको संख्या तीन सय बढी भइसकेको जानकारी दिए ।

साढे तीन सयको संख्यामा राख्न सकिने उनले जानकारी दिए । अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाअँज गरी मनाइने बताए । छठ पर्वमा श्रद्धालुहरु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरुमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्