Shikhar Insurance
National Life

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक र दराज केयमुबीच सम्झौता भएको छ । कार्तिक १३ गते मंगलबारका दिन सिटिजन्स बैंक र दराज केयमु प्रालिबिच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू जानकारी दिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्