काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३०२ कम्पनीको ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ रुपैयाँ बराबारको कारोबार भएको छ ।
सेयर बजार घटेपनि २ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सुपरमाई हाइड्रोपावर र समाज लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साथै, युनाइटेड मोदी हाइड्रोपावर, गुराँस लघुवित्त, रसुवागढी हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूलय बढेको छ ।
प्रतिक्रिया दिनुहोस्