काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३०२ कम्पनीको ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ रुपैयाँ बराबारको कारोबार भएको छ ।
मंगलबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ९० लाख ८४ हजार २१२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ५ सय ५९ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्