काठमाडौं । सेयर बजार निकै प्राविधि विषय हो । बजार प्रवेश गर्नुअघि धेरै कुरा बुझ्न र ज्ञान लिन आवश्यक हुन्छ । मूल्य समायोजनको विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी पराजुलीसँग मूल्य समायोजन के हो ? यो किन र कसरी गरिन्छ ? भन्ने विषयमा सिंहदरबार डटकमले गरेका कुराकानीको संवादित अंश:
सेयर बजारमा मूल्य समायोजन के हो ? र किन गरिन्छ ?
सेकेन्डरी मार्केटलाई के भनिन्छ भने यो अविच्छिन्न हुनुपर्छ । यसमा फ्लो विग्रीनु हुदैँन भन्ने सिद्धान्तमा आधारित हुन्छ । कुन सेयरको मूल्य जर्क नगरोस् । लिनियर वे मै जाओस् । समायोजन हुनु भन्दा अगाडि र पछाडि लगानीकर्ताको सम्पत्ति (वेल्थ अफ सेयरहोल्डर) बराबर होस् भन्ने सिद्धान्तले समायोजन गर्ने हो ।
कुन–कुन अवस्थामा मूल्य समायोजन गरिन्छ ?
सामान्यतय सेयरको संख्या थपिने अवस्थामा मूल्य समायोजन गरिन्छ । सेयरको संख्या कतिबेला थपिन्छ भने कमपनीले हकप्रद सेयर लिदाँ, बोनस सेयर दिदाँ सेयरको संख्या थपिने हो । सेयरको संख्या थपेपछि पुरानो मूल्य राखिराख्यो भने सम्पत्तिको आकार ठूलो हुने भयो । त्यसैले, जुन अनुपातमा सेयरको संख्या थपिन्छ, त्यहि अनुपातमा सेयरको मूल्य घटाईदिन्छौँ । यसरी सेयरको मूल्य समायोजन गरिन्छ ।
मूल्य समायोजनको आधार के हो ? पहिलेको सेयर संख्या र मूल्यमा थपिएको सेयरको संख्या जोडेर नयाँ मूल्य कसरी निर्धारण हुन्छ ?
पहिलाका सेयर संख्या र थपेको सेयर संख्या जोडेर नयाँ मूल्य कसरी निर्धाण हुन्छ भन्ने विषयमा हकप्रद सेयर लिदाँ लगनीकर्ताले पैसा थप्नु पर्ने हुन्छ । लगानीकर्ताले कति पैसा थप्छ, लगानीकर्तासँग पहिला कति सेयर थियो र बजार मूल्य के छ । यी तिनै चिजलाई मिलाएर सेयर मूल्य समायोजन गर्छौ । जस्तै, कुनै कम्पनीको सेयर मूल्य १०० रुपैयाँ चलिरहेको छ भने लगानीकर्ताले १ सय रुपैयाँ नै थप्यो ।
हकप्रदको मूल्य समायोजन कसरी हुन्छ ?
पहिला १ कित्ता सेयर थियो । हकप्रद १:१ अनुपात मै दिएको थियो भनेपछि लगानीकर्तासँग २ वटा सेयर हुने भयो । हामीले १ सय मूल्यलाई जोडेर अनि सेयर संख्याले भाग गरिदिन्छौँ । जुन अनुपातमा दिएको थियो । त्यही अनुपातले भाग गर्छौ ।
२५ प्रतिशत हकप्रद सेयर देखियो भने १.२५ ले भाग गर्छौ । २४ प्रतिशतले जोड्छौँ । फ्रेस भ्यालु १०० रुपैयाँले मान्ने हो भने बोनस सेयरमा लगानीकर्ताले अतिरिक्त पैसा हाल्नु पर्दैन । बोनस सेयरमा चाँही कम्पनीले कमाएको नाफाबाट लगानीकर्तालाई नगद लाभांशको रुपमा पनि बाड्ने भयो थप सेयरको रुपमा पनि बाड्न सक्ने भयो ।
बोनस सेयरको मूल्य समायोजन हुन्छ ?
बोनस सेयरमा पनि हकप्रदको जस्तै अनुपात हुन्छ तर जोड्दा चाँही बोनस सेयर बराबरको पैसा जोड्दैनौ । मानौँ १:१ मै कम्पनीले बोनस सेयर दिएको छ भने सेयर संख्या थप गर्छौ । तर मूल्य चाँही उही नै राख्छौँ । हकप्रद सेयरमा जस्तो बोनस सेयरमा पैसा थपिदैन ।
मानौँ, कुनै कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँ चलिरहेको छ भने १:१ अनुपातमा सेयर दियो भने त्यस्तै, २ ले भाग गर्छौ । यी दुबैमा लगानीकर्ताको धन बराबर नै हुन्छ ।
मूल्य समायोजनबाट लगानीकर्तालाई के फाइदा वा घाटा हुन्छ ?
मूल्य समायोजनबाट लगानीकर्तालाई केही पनि घाटा हुदैन र फाइदा पनि हुदैँन । किनकी यसले मूल्यलाई स्थिरता दिन र मूल्यमा ठुलो उतारचढाव नआओस् भनेर समायोजन गरिन्छ ।
मूल्य समायोजन अघि नै सेयर बेच्ने कि पछि बेच्ने ?
लगानीकर्ता आफ्नै रणनीतिमा निर्भर हुन्छ । यस्मा हामीले सुझाव दिने भन्दा नि लगानीकर्ताको सुझाव के हो ? लगानीकर्ताले के आधार मानेर सेयर किन्छ ? उस्को आवश्यकता के हो ? उस्को होल्डिङ पिरियड आएको हो कि के हो ? हो यस्तै लगानीकर्ताको रणनीतिमा यो कुरा निर्भर भएको हुन्छ । लगानीकर्ताले सेयर बेच्ने किन्ने भन्ने कुरा मूल्य समायोजनामा निर्भर हुदैँन ।
नेपाल स्टक एक्सचेन्ज कम्पनीको तर्फबाट सम्पत्तिमा थपघट हुनु भएन । एउटा कम्पनीले बोनस वा हकप्रद घोषणा गर्यो नेप्सेले समायोज गर्यो तर लगानीकर्ताको पाटो अर्कै हुन्छ । बोेनस सेयर अर्कै एक्सपेक्ट गरेको थियो तर धेरै आयो भनेपछि त्यस्को माग बढ्छ । माग बढेपछि मूल्य बढ्ने नै भयो । माग बढ्छ, मूल्य बढ्छ अनि आपुर्ती बढ्छ । समायोजनले स्थिरता पनि दिन्छ । इन्डेक्स पनि दिन्छ । इन्डेक्सलाई स्मुथ बनाउँन मद्दत गर्छ । नेप्से ३० कार्यान्वयनमा आइसकेपछि सेयर किनबेच गरे झै त्यस्लाई पनि किनबेच गर्न सकिन्छ ।
लिस्टेड कम्पनीहरुले डिसिजन गर्ने बेला नगद लाभांशमा जोड्ने कम्पनीहरु पनि छन् र कतिपय बोनसमा फोकस गर्ने कम्पनीहरु प्नि छन् । यो नाफालाई थप लगानी गर्दै छौँ भनेर बोनस दिइन्छ । बोनस सेयर भनेको चाँही तिम्रो नाफालाई लगानीमा परिवर्तन गर्यौ भनेको हो भने हकप्रद भनेको चाँही थप लगानी गर भनेको हो । तर लगानीकर्ताले अब मसँग थप सेयर भयो, थप भनी भए भनेर बुझ्छन् । तर अन्तराष्ट्रिय रुपमा नाफा कमाएरै बोनस दिएको भन्ने होइन ।
हकप्रद, बोनस सेयर दिए पनि फाइनान्सियर पार्ट त्यति बलियो हैन रहेछ । किनकि यस्लाई थप पैसाको आवश्य परेर हामीलाई क्यास दिएर भन्ने हुन्छ अझ हकप्रद सेयर दियो भने कम्पनी झनै समस्यामा परेको भन्ने बुझिन्छ । यो लगानीकर्ताहरुको अनुभवले सिकाएको कुरा हो जुन नेपाली लगानीकर्ताहरुले सिक्न बाँकी छ । विदेशी लगानीकर्ताहरुले बोनस सेयरमा जोड्दैनन् ।
नगद लाभांश मै जोडिन्छ किनकि उनीहरुलाई यहाँ लगानी गर्नु छैन । बस पैसा कमाएर उतै लानुछ । समायोन, इन्डेक्सको मोमेन्ट सम्बन्धि पनि लगानीकर्ताहरुले बुझिराख्यो भने उनीहरुले नाफा नाफालाई अधिकतम गर्न र नोक्सानलाई कम गर्न सघाउ पुर्याउँछ । यसको खास कुरा जानिराख्यो भने लगानीकर्ताहरुका लागि राम्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्