Shikhar Insurance
National Life

नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक, एकै महिनामा भित्रिए १ लाख २४ हजार बढी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौ। । नेपाल घुम्न आउने विदेशीको आगमन उत्साहाजनक रहेको छ । नेपाल पर्यटनका अनुसार  सन् २०२४ अक्टोबरकाे तथ्याङ्क अनुसार नेपाल आउने पर्यटनको संख्या १ लाख बढी आएका हुन् ।

अक्टोबरमा कूल १ लाख २४ हजार ३ सय ९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार सन् २०२३ को वर्षको अक्टोबरको तुलनामा ६.०४ प्रतिशत प्रतिशत बढी हो । गत वर्षको अक्टोवरमा १ हजार १७ हजार ३ सय ६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्ममा कूल ९ लाख ४१ हजार ३२ जना विदेशी पर्यटक नेपाल भ्रमणका लागि आए थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । साथै, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना, सेप्टेम्बरमा ९६ हजार ३०५ जना र अक्टोबरमा १ लाख २४ हजार ३९३ पर्यटक नेपाल भित्रिएका हुन् ।

कुन देशबाट कति आए ?

सन् २०२४ को अक्टोबरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट १६ हजार ३१३ जना नेपाल आएका हुन् । भारतीय पर्यटक १३।११ प्रतिशत रहेका छन् ।

सोही अवधिमा चीनबाट ७ हजार ७ सय ५० जना, अमेरिकी पर्यटक १६ हजार २३ जना, बेलायतबाट ८ हजार १९ जना, बंगलादेशबाट ४ हजार ७४६ जना, जर्मनीबाट ६ हजार १८ र इटालीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएका छन् ।

अक्टोबरमा अष्ट्रेलियाबाट ६ हजार ९२९ जना, फ्रान्सबाट ५ हजार ४८५ जना र श्रीलंकाबाट ३ हजार १२५ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्