काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठक अनुसार सेयरधनीहरुलाई ५.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै, बैठकले १८औं वार्षिक साधारण सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।
साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्