Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको एफपीओमा आवेदन दिने आज अर्थात् कात्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न नपुगेको सेयरका लागि एफपीओ जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन खुला गरिने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

साथै, आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्