Shikhar Insurance
National Life

देश भूमिगत गिरोहले चलाईरहेका छन्, निर्वाचित प्रतिनिधी त बुख्याँचा मात्रै हुन्: न्यौपाने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १९, सोमबार १७:११
Hyundai
NIMB

काठमाडौं । अर्थविद एवं राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारलाई सम्वोधन गर्दै उनले पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अर्थ–व्यवस्थाको चरित्र भने उस्तै रहेको बताएका हुन् । उनले नियन्त्रित अर्थतन्त्रले देशको विकास हुनै नसक्ने दाबी गरे ।

‘हामीले राजनीतिक परिवर्तन चाहीँ गर्यौं । तर, आर्थिक परिवर्तन गर्न सकेनौं । मान्छेको जीवनमा हामीले परिवर्तन गर्न सकेनौं । हामीले व्यवस्था चाहीँ त्यही राखिरह्यौं, अर्थतन्त्र चाहीँ हामीले त्यही नियन्त्रित अर्थतन्त्र राखिराख्यौं,’– अर्थविद् डा. न्यौपानेले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, वर्तमान अर्थव्यवस्थाको चरित्रले भ्रष्टाचार नियन्त्रण हुनै नसक्ने उनको दाबी छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपाल फ्रि एण्ड ओपन कम्पिटेटिभ मार्केट इकोनामीमा जानुपर्ने, करको दर घटाउनुपर्ने, सरकारको साइज र कर्मचारीतन्त्रलाई सानो बनाउनुपर्ने उनको सुझाव छ । राज्यले निर्माण गरेको पब्लिक पोलिसीको खराबीका कारण अहिले जनताले दु:ख पाइरहेको उनको भनाइ छ ।

फरक प्रसंगमा अर्थविद् न्यौपानेले नेपाल पञ्चायत कालदेखि अहिलेसम्म भूमिगत गिरोहबाट सञ्चालित भइरहेको टिप्पणी गरे । उनले अहिले निर्वाचित जनप्रतिनिधिहरू बुख्याँचाजस्तै रहेको र देश ‘डीप–स्टेट’ बाट चलिरहेको बताए ।

‘नेपाल ‘डीप स्टेट’ बाट चलेको देश हो । हिजो पञ्चायतकाल पनि डीप स्टेटले चलायो । बुहदलीय काल पनि डीप स्टेटले चलायो र आज पनि डीप स्टेटले सञ्चालन गरेको देश हो । निर्वाचित प्रतिनिधि त बुख्याचामात्रै हुन् । ती कानुनी प्रतिनिधिमात्रै हुन् । तिनले यो देश चलाएको छैन । म सूर्यबहादुर थापालाई सम्झन्छुु । सूर्यबहादुर थापाले एकचोटी भन्नुभएको थियो– भूमिगत गिरोह भनेर,’ अर्थविद् न्यौपानेले भने, ‘ठ्याक्कै त्यही शब्द गिरिजाप्रसाद कोइरालाले पनि प्रयोग गर्नुभएको छ । अहिलेका नेतासँग चाहीँ त्यो हिम्मत छैन, भन्दैनन् । त्यसैले नेपाल डीप स्टेटबाट गाइडेड भइरह्यो र हामीले त्यसलाई डिकन्स्ट्रक्सन गर्दैनौं, जबसम्म त्यसको नेटवर्कलाई समाप्त गर्दैनौं तबसम्म यो देशमा समस्या भइरहन्छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्