Shikhar Insurance
National Life

अर्थतन्त्रको मुटु र कलेजो नै कमजोर भैसकेको छ- अर्थविद डा. अधिकारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १९, सोमबार १६:५०
Hyundai
NIMB

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्बल नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए ।

‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, अम जनतालाई दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन,’– अर्थविद अधिकारीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत सालको तु्लनामा खाद्यन्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यन्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको उनको टिप्पणी छ ।

उनले सरकारको पनि धान्नै नसक्ने गरि बढिसकेको दावी पनि गरे । ‘हाम्रो जस्तो अर्थतन्त्रमा कूल गार्हस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशत भन्दा धान्न सक्ने क्षमता छैन । तर, अहिले ४४ प्रतिशत पुगिसकेको छ ।’ डा. अधिकारीले भने ।

नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भएर हात, पाखुरा चाहीँ बलियो भइरहेको उनले टिप्पणी गरे । सरकारले अर्थतन्त्रको महत्त्वपूर्ण पक्षहरु चाहीँ कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन,’– उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्