काठमाडौं । जनकपुरधामसहित तराईमा दीपावलीको रौनक शुरु भएको छ । जनकपुरधामसहित तराईका विभिन्न स्थानमा दीपावलीको रौनक शुरु भएको हो ।
जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीपावलीका लागि सजाउन शुरु भएको छ । माटोका पाला बेच्ने, फूलमाला, भाईमसलाहरु बेच्नेहरुको भीड देख्न सकिन्छ । साथै, फूलमाला किन्नेहरुको चहलपहल पनि बढेको छ । साथै मिठाइ पसल, फलफूल पसलहरुमा पनि उपभोक्ताको भीड देख्न सकिन्छ ।
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले पनि बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मी पूजा गर्नेहरु मिठाइ, फूलमाला किन्न बजारमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्