Shikhar Insurance
National Life

विपद्पछिको पुन:निर्माण जनधनको क्षति नहुने गरी गर्नुपर्छ: अध्यक्ष सिंह

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १५, बिहीबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जलवायु परिवर्तनको असरलाई दृष्टिगत गर्दै भौतिक संरचनाहरु बनाउनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष सिंहले जलवायु परिवर्तनको असरस्वरुप विभिन्न प्राकृतिक प्रकोपको सिकार हुनुपरेको भन्दै क्षति न्युनिकरणका लागि संरचना बनाउँदा जलवायु परिवर्तनलाई दृष्टिगत गर्नुपर्ने बताएका हुन् ।

उनले भविष्यमा निम्तिनसक्ने जोखिमलाई समेत ध्यान दिँदै दिगो संरचना बनाउनुपर्ने बताए । विद्यमान संरचनाहरु कुनै पूर्वतयारी बिना बनाइएका कारण जोखिम खेपिरहेको भन्दै उहाँले आगामी दिनमा क्षति नहुनेगरी पुनर्निमाण गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विपद् पूर्वतयारीको बजेटलाई सही रुपले प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले जलवायु परिवर्तनलाई पनि दृष्टिगत गरेर हाम्रो संरचनाहरु बनाउनुपर्‍यो । दिगो संरचनाहरु बनाउनुपर्‍यो । १०/१५ वर्षलाई हेरेर होइन कि भविष्यमा आउने जोखिमलाई पनि हेरेर संरचनाहरु बनाउनुपर्‍यो । अहिलेको संरचना कुनैपनि पूर्वतयारी बिना बनाएको भएर नै अझ बढी जोखिम खेपिरहेका छौँ ।’

‘प्राकृतिक विपद् हरेक वर्ष आउँछ तर भिन्न किसिमले आउँछ । हरेक हिसाबले चुस्त दुरुस्त रुपमा बस्ने हो । चुस्त, दुरुस्त रुपमा बस्न पूर्वतयारीको आवश्यकता पर्छ । पूर्वतयारीका लागि विनियोजित बजेटको सही सदुपयोग गर्ने र त्यो वर्ष विपद् झेल्नु परेन भने त्यो बजेटलाई आगामी दिनमा अझ सुदृढ हिसावले पूर्वतयारी गर्नुपर्छ । सरकार जिम्मेवार हुनुपर्छ । नागरिकले पनि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारीहरु गर्नुपर्छ । तीनै तहको सरकारले आफ्नो तयारी पूरा गर्नेछाैँ’ उनले भने ।

उनले नदी किनारामा बनेका सडकबाट प्रत्येक वर्ष जोखिम बेहोरिरहेको भन्दै यसको वैकल्पिक मार्गको बारेमा सोच्नुपर्ने बताए । आगामी दिनमा संरचना बनाउँदा भौगोलिक बनावटलाई अध्ययन गरेर मात्रै गर्नुपर्ने बताए । उनले यसका लागि अनुसन्धानमा पनि राज्यले लगानी गर्नुपर्ने बताए ।

उनले भने, ‘नदी किनारामा बनेका सडकबाट हामीले प्रत्येक वर्ष जोखिम बेहोरिरहेका छौँ । त्यहाँ नबनाउँदा बढी लाभ हुन्छ की ? अब बन्ने संरचना भौगोलिक बनौटलाई अध्ययन गरेर गर्नुपर्छ होला । अनुसन्धानमा पनि लगानी गर्नुपर्‍यो र सोही अनुरुप संरचना बनाउनुपर्‍यो । भुगोल सुहाउँदो बनाउनुपर्‍यो । वातावरणमैत्री प्रविधिलाई भित्राएर हामीले काम गर्नुपर्छ ।

अध्यक्ष सिंहले भौतिक पूर्वाधार निर्माणको नयाँ योजना अहिले ल्याउनु नहुने बताए । उनले भइरहेका योजनाहरुलाई जोगाउन र दिगो बनाउन सरकार केन्द्रित हुनुपर्ने बताए ।

उनले थपे, ‘भौतिक पूर्वाधारको नयाँ संरचनालाई अहिले बन्द गर्नुपर्छ । अति आवश्यक बाहेका पूर्वाधारका योजना अहिले ल्याउनु आवश्यक छैन । भइरहेका योजनाहरुलाई कसरी दिगो बनाउने, भइरहेका संरचनालाई कसरी जोगाउने भन्नेमै ध्यान दिनुपर्छ । म सरकारलाई अनुरोध गर्न चाहन्छु । भइरहेको संरचना जोगाउनलाई स्रोतको प्रयोग गर्नुस् । भइरहेको सडकलाई टिकाउ बनाउनुस् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्