Shikhar Insurance
National Life

सरकारमा २ मुख्य सचिव, एक नारायणमाथी दबाब बढाउदै ओली

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १५, बिहीबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्यालले मुद्दा जितेसंगै सरकारमा २ जना मुख्यसचिव भएका छन् । अन्तशुल्क स्टिकर छ्पाई प्रकरणमा विशेष अदालतबाट सफाई पाएसंगै अर्यालले राष्ट्रिय योजना आयोगमा हाजिर गर्नेछन् । सरकारमा २ मुख्यसचिव भएसंगै प्रधानमन्त्री केपी ओलीलाई विकल्प थपिएको छ । अब ओलीले मुख्यसचिव एक नारायण अर्याल र वैकुण्ठ अर्याल मध्ये एकलाई जिम्मेवारी तोक्न सक्नेछन् ।

स्रोतका अनुसार ओलीले अहिले एक नारायण अर्याललाई आफु अनुकुल निषर्ण्य गर्न दबाव दिईरहेका छन् । प्रधानमन्त्री ओलीले भने अनुसार काम नगरेपछि अर्याल प्रति ओली रुष्ट रहेका छन् । स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालयमा दरबन्दी थप गर्ने विषयमा मुख्यसचिव एक नारायण अर्यालले विमती राखेका थिए, तर प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमै राखेर थर्काएपछी दरबन्दी थप भएको छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री मन्त्री ओलिले विकल्प थप भएसंगै एक नारायण अर्यालमाथी दबाब बढाउन सक्ने स्रोतहरु बताउँछन् ।

दिनेश भट्टराईलाई छाडेर अर्याललाई मुख्यसचिव बनाउँदा प्रधानमन्त्री ओलीले अर्यालबाट आफु अनुकुलका कामहरु गराउन सहज हुने अपेक्षा गरेका थिए । तर अर्यालले सरकार परिवर्तन हुन सक्ने छनक पाएपछि ओलीले भनेका सबै कुरा मान्न छाडेको बताइन्छ । त्यसै पनि अर्यालले सधैँ विवादास्पद निर्णयहरुबाट आफुलाई टाढै राख्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘मुख्य सचिव अर्याललाई कन्भिन्स गराएर काम गर्न सजिलो छैन्, उहाँ कुनै पनि निर्णय गर्नु अघि धेरै कोणबाट सोच्नु हुन्छ, उहाँमा कसैको ‘यस म्यान’ हुने गुण छैन्’, उनी निकट स्रोतले भन्यो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसँग अर्यालको दुरी बढेको हो की भन्ने आशंका कर्मचारी प्रशासन भित्रै पलाईसकेको बताइन्छ ।

हकी स्वभावका प्रधानमन्त्री ओली आफुले भनेको बिषयमा कसैले फरक धारणा राखेमा उसैमाथि नकारात्मक भैदिने गरेका छन् । अब भने बैकुण्ठ अर्यालले बिशेष अदालतबाट सफाई पाएसँगै प्रधानमन्त्री ओलीले आफ्ना लागि उपयुक्त पात्र छनौट गर्ने सुबिधा प्राप्त गरेको देखिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्