काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कात्तिक १२ र १३ गते उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमले बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको छ ।
यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाउँनु रहेको बैंकले जनाएको छ ।
यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ्ग क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्