काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताए ।
उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउँदै एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए । उनले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरुमा एकतावद्ध हुनुपर्ने बताउँदै सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले शुरु गरौँ । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन ।’
अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्