Shikhar Insurance
National Life

कम्युनिष्ट पार्टीलाई जनताले परिवर्तनको संवाहकको रुपमा लिएका छन्: माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १५:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताए । उनले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको बताउँदै नेपाल समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेको पनि बताए । उनले अब समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिवाद हाबी भएको बताउँदै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भ्रष्टीकरणका बिरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए ।उनले भने, ‘अब समाजवादी क्रान्तीको चरणमा हामी प्रवेश गरेका छौँ । त्यसअर्थमा समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? बहस गरौँ । हामी समाजवादका कुराहरु गरिरहेका छौँ । तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरु समाजवादी मुलुकको जस्तो हुँदैन । हाम्रो देशको आफ्नै विशेषता छ ।

नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो । जबसम्म यो भ्रष्टीकरणका बिरुद्धमा जुध्दैनौँ हामी, जबसम्म हामी यो भ्रष्टाचारका बिरुद्धमा जुध्दैनौँ, जबसम्म जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा चल्दैनौँ हामी, तबसम्म जनताको विश्वास मिल्दैन । कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको छ । लोकतन्त्रको रक्षा नेपालमा, गणतन्त्रको रक्षा कम्युनिष्टहरुले मात्रै गर्नसक्छन् भन्ने विश्वास छ ।’

अध्यक्ष नेपालले समाजवादी क्रान्तीको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्