काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३०५ कम्पनीको कारोबार हुँदा १ अर्ब २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार सिईसीडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ९७ हजार ५ सय ५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ६ सय ९२ रुपैयाँ पुगेको छ ।
साथै, बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सेयर मूल्य ४(९० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्