Shikhar Insurance
National Life

देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिताको हो : सभापति चालिसे

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १४:३५
Hyundai
NIMB

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिता भएको बताएका छन् । बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने जानकारी दिए । उनले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दु:खद् भएको बताए । उनले १५० किसिमका औषधिहरु बनाउने वैद्यखाना अहिले शुन्य सरह बन्नु दु:ख लागेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताए । उनले सबैमा गरौँ भन्ने भावना जागृथ गर्नसके देश विकास गर्न सम्भव नहुने बताए । सभापति चालिसेले एउटा गरौँ भन्ने व्यक्तिले अर्को काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्