Shikhar Insurance
National Life

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरुको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् ।

कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ । अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताए । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु भएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उनको छ । त्यसैले उहाँले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आए । काठमाडौंमा आएर व्यापार सुरु गरेको भने उनले १४ वर्ष करिव सुगेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरुलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरु बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ । तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनले बताए । कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने कार्की बताउनु हुन्छ । ‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरुको लागि यतिखेर किसानको असार १५ जस्तै हो ।’ उनले भने ‘मीले माघ, फागुनमा जम्मा पारेका कुचोहरुलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरु समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ । कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ ।’

अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए । उनले अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए । यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उनको भनाइ छ । त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न शहरहरुमा हुने गरेको कार्कीले बताए । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने जानकारी दिए ।

कार्कीका अनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उनको संघको अनुमान छ । तर यस पटक भने अमृषोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसावले भने विगतका वर्षहरुकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताए । ‘अरु १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दशैँ र तिहार केन्द्रित महिनामा हुन्छ । तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो ।’

काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउने गरेको उनले जानकारी दिए । उनले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताए । भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उनको भनाइ छ । ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उनले जानकारी दिए ।

अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो विक्री हुने आँकलन गरेको बताए । उनले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गरे । किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने जानकारी दिए । उनले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा विक्री नगर्न आग्रह गरे । मागपूर्तिका लागि रातीको समयमा पनि काम गर्न आग्रह गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्